काठमाण्डौ। गत वर्षको अपार सफलतापछि नबिल बैंकले यस वर्ष पनि दसैँ अफरको घोषणा गरेको छ। 

नेपालीहरुको महान चाड दसैँका अवसरमा नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दति खातामा आकर्षक योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दति खातामा ग्राहकलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थपसहित) प्रदान गरिने बैंकले जनाएको छ। 

नेपालीको मेहनतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दति खाताहरुमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने बैंकको उद्देश्य रहेको छ। 

बैंकले आफ्नो देशभर १३५ वटा शाखा कार्यालय, १८५ एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत तथा सुरक्षित बैंकिङ प्रणालीका साथ ३७ वर्षे बैंकिङ अनुभवका साथ बैंक ग्राहकलाई मूल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणका लागि लक्षित छ।