काठमाण्डौ । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ।
नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो। विशेषगरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवाहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको छ।
युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषाअनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्यमी जसको आपनो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ। यसअघि नयाँ वर्षका अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो।
एक महिनाका लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १०% वा अधिकतम प्रति कारोबार रु. २०० नगद फिर्ता दिइनेछ। यो योजना असार महिनाभरि लागू हुनेछ।
वित्तीय पहुँच नपुगेका महिला र युवा उद्यमीमा लक्षित यस योजनामार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरुलाई बैंकिङ च्यानलमा भित्र्याउने, पुराना निष्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधानहरु प्रदान गरी दिगो वित्तीय रुपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ।
सन् १९८४ मा स्थापित बैंकले हाल १५० शाखा, १८७ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम डिजिटल सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाका रुपमा काम गर्दै आएको छ।
यस बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक डिजिटल बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।
20 minutes ago
32 minutes ago
59 minutes ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago