काठमाण्डौ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको–फ्रेन्डली बिजनेस लोन’ जारी गरेको छ।
फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तीय आवश्कता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदरसहित नयाँ कर्जायोजना ल्याएको हो। यस कर्जा योजनाअन्तर्गत बैंकले साबिकको भन्दा ०.५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ। बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविजधाहरु प्रदान गरी व्यवसायीहरुमाझ वित्तीय पहुँचमा जोड दिनेछ।
यसका साथै आफ्ना ग्राहकसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उद्देश्यले ‘नबिल एसएमई सहकार्य योजनामा’ आबद्ध गराउनेछ।
‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिङअन्तर्गतको विभिन्न प्रयासहरुमध्येको एक हो। जसअनुरुप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्यमान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरणमैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ’, बैंकका एसएमई एन्ड एमएफ विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) बताउँछन् । उनका अनुसार बैंकले यस कर्जा योजनाअन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमका रुपमा विकास गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्नेछ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।
23 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago