काठमाण्डौ । नमस्ते पेले आफ्नो एपमा लोयल्टी कार्यक्रम ल्याएको छ। यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्तालाई नमस्ते पेका विभिन्न सेवा प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ। 

नमस्ते पेको लोयल्टी प्वइन्ट्स प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ। प्रत्येक प्रयोगकर्ताले हरेक रु. १०० को खर्चमा २ एनपी क्वाइन्स÷प्वइन्ट्स पाउनेछन् र प्रत्येक ८ एनपी प्वइन्ट्स÷क्वाइन्सको मूल्य रु. १ हुनेछ।

सेवाहरुको प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले एनपी प्वइन्ट्स संकलन गर्न सक्नेछन् र नमस्ते पेमा उपलब्ध  लोयल्टी प्वइन्ट्समा आकर्षक प्रस्तावहरु समावेश छन्। जस्तै– एनपी प्वइन्ट्स प्रयोग गरी विभिन्न भ्वाइस÷डेटा प्याक र टप–अप रिदिम गर्नसक्ने, विभिन्न कुपन तथा अनलाइन सपिङ भौचर जित्ने मौका, विशेष अवसरहरुमा प्रयोगकर्ताले एनपी प्वइन्ट्सहरुलाई नमस्ते पैसा वालेट ब्यालेन्सका रुपमा रुपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकट, होटेल, ट्रिपहरु र थप डिजाइन गरिएका अभियानहरुमा समेत प्रयोगकर्ताले एनपी प्वइन्ट्स रिदिम गर्ने मौका पाउनेछन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।