काठमाण्डौ । नमस्ते पेले दसैँ, तिहार तथा छठ पर्वलाई समेट्नेगरी फेस्टिभ क्याम्पेन ल्याएको छ। यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन्।

यस अभियानमा बम्पर अफरका रुपमा सात भाग्यशाली विजेताहरुले १००% क्यासब्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताले जति धेरै ट्रान्ज्याक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने मौका हुनेछ। 

अभियान अवधिको बीचमा कुनै पनि सेवाहरु (वालेट टु वालेट ट्रान्सफर तथा लोड फन्ड) को कारोबार गर्ने प्रयोगकर्ता बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्।

त्यसैगरी नमस्ते पेमार्फत युटिलिटी बिल भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ। हवाई टिकट खरिद गर्दा हरेक हप्ता एकजना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेताले पोखराको राउन्ड हवाई टिकट निःशुल्क पाउनेछन्। 

दसैँ दक्षिणाका रुपमा आफ्नो परिवार र आफन्तलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताले १००% क्यासब्याक पाउनेछन्। 

त्यस्तै अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १०% क्यासब्याक वा अधिकतम १० रुपैयाँसम्म   पाउनेछन्। प्रयोगकर्तालाई प्रोमोकोड उपलब्ध गराइनेछ। जुन तीनपटक रिडिम गर्न सकिन्छ।

यसका साथै नमस्ते पेले भ्वाइस र डेटा प्याक, बिलहरुको भुक्तानी, मर्चेन्ट भुक्तानीहरु, हवाई टिकटहरु आदिसहित विभिन्न सेवामा विभिन्न फ्ल्यास अफर प्रदान गर्नेछ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै नमस्ते पेलाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालासँग निरन्तर रुपमा काम गरिरहेको बताए। 

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।