काठमाण्डौ । स्पोर्ट्स बाइकप्रेमीहरुका लागि खुसीको खबर सार्वजनिक भएको छ। नयाँ बजाज पल्सरको फर्स्ट लुक सार्वजनिक भएको छ। यसलाई छिट्टै लन्च गर्ने तयारीमा कम्पनी रहेको छ। 

वास्तवमा नयाँ बजाज पल्सरको फर्स्ट लुक कम्पनीको आधिकारिक इन्स्टाग्राम पेजमा देखिएको छ। यो पल्सर एन२५०को ब्ल्याक एडिसन हो। तर, कम्पनीले यसलाई बजाज पल्सर एन२५० ब्ल्याकको छुट्टै नाम दिने कि ब्ल्याक एडिसनमात्रै राख्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

नयाँ बजाज पल्सरको सामाजिक सञ्जाल पोस्टबाहेक कम्पनीले यसका बारेमा अन्य विवरण सार्वजनिक गरेको छ। यो बाइकको लन्च कहिले गरिने भन्नेबारे पनि कम्पनीले खुलाएको छैन। यद्यपि कम्पनीले नयाँ पल्सरको सुरुआती प्रचार थालेको छिट्टै लन्च हुने अनुमान गरिएको छ। 

ब्ल्याक एडिसनका कारण यो बाइकका सबै एलिमेन्ट ब्ल्याक हुनेछन्। कम्पनीले बजारमा उपलब्ध आफ्नो इन्जिन कभरदेखि लिएर एग्जस्ट सिस्टम र ह्विलसम्म सबै कुरालाई कालो रङमा पेन्ट गर्न सक्छ। यो बाइक हालको बजाज पल्सरको जस्तै आयल कुल्ड २४९.०७ सीसी इन्जिनद्वारा सञ्चालित हुन सक्छ। यसले हाल २४.५ पीएस अधिकतम पावर र २१.५ एनएम पीक टर्क जेनेरेट गर्छ। तर, यसको मूल्य हालको मोडलभन्दा बढी हुन सक्छ।

पल्सर बजाज अटोको सबैभन्दा लोकप्रिय बाइक मोडल हो। कम्पनीले यसलाई सन् २००० मा पहिलोपटक लन्च गरेको थियो। यससँगै स्कुटर बनाउने बजाज अटो कम्पनी मोटरसाइकल कम्पनी बनेको छ। 
हाल यो बाइक १२५ सीसी देखि २५० सीसी सम्मको इन्जिन सेगमेन्टमा उपलब्ध छन्।