काठमाण्डौ । राकुटेन भाइबरले नेपालको पर्यटन उद्योगप्रति आफ्नो प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ।
अन्तरिक यात्रालाई सहयोग र सशक्तीकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकेट्ससंग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुआत गरेको छ। जसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउनेछ।
भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकेट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। यो प्लेटफर्मले लागत–प्रभावी उडान विकल्पहरुमात्र प्रदान गर्दैन बरू अन्य धेरै आकर्षक लाभ पनि ल्याउँछ। जस्तै–
सस्तो टिकेट्सका संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहाल भन्छन्, ‘राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरु ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौँ।’
राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भन्छन्, ‘हाम्रो मिसन सधैँ हाम्रा प्रयोगकर्ताको अनुभव बढाउनु हो र हामीले हाम्रा अघिल्ला प्रयासद्वारा यसलाई प्रमाणित पनि गरेका छौँ। सस्तो टिकेट्ससँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउँछ।’
सस्तो टिकेट्स च्याटबटको सुरुआतसँगै राकुटेन भाइबरले सबै नेपाली यात्रुलाई यात्राको सुविधा र आनन्दको नयाँ युगको अनुभव गर्न आमन्त्रित गरेको छ। सस्तो टिकेट्स बट सेप्टेम्बर २९ मा लन्च गरिएको छ। प्रयोगकर्ताले भाइबरमा सजिलै सस्तो टिकेट्स सर्च गरी च्याटबट जोइन गर्न सक्नेछन्।
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताले वान–टु–वान, भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरुका साथै आफ्ना मनपर्ने ब्रान्ड र सेलिब्रेटीसँग अन्तर्क्रियाजस्ता यावत् फिचरको लाभ उठाउन सक्छन्। भाइबरले प्रयोगकर्तालाई आफ्ना भावना सेअर गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ।
राकुटेन भाइबर आईaएनसीको एक हिस्सा हो। ई–कमर्स र वित्तीय सेवाहरुमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्यान्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो।
12 minutes ago
14 minutes ago
20 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago