काठमाण्डौ । नेपालमा अनलाइन मार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरुलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्बजनिक गरेको छ।
चैत्र १५ गतेदेखि वैशाख ५ गतेसम्म लागू हुने यस योजनामा सहभागी यात्रुहरुले अनलाइनमार्फत टिकट काटेको हुनुपर्नेछ। यसका साथै आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरुलाई अग्रिम टिकट काट्न बानी बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको हो। २० दिनको अवधिमा अनलाइनमार्फत टिकट काट्ने यात्रुहरुमध्ये एकजनाले गोलाप्रथामार्फत सुनको हार जित्न सक्नेछन् भने अर्का २ जना विजेताले कम्पनीका तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।
बससेवाबाट नेपालका अधिकांश रुटहरुका बस टिकट अनलाइनमार्फत काट्न सकिन्छ। यात्रुहरुले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसन तथा अन्य सेवा प्रदायकका मोबाइल एप्लिकेसनबाट टिकट काट्न सक्नेछन्।
नयाँ योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘हामीले विगतदेखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका छौ्रँ। नयाँ वर्षमा यात्रुहरुको मुभमेन्ट पनि बढ्ने भएकाले यो समयमा टिकट काट्न भञ्झट नहोस् भन्ने उदश्यले ओ अफर सार्बजनिक गरेका हौँ। अन्तिम अवस्थामा टिकट काट्नुभन्दा पनि अग्रिम रुपमा टिकट काट्दा जाने यात्रु, यातायात व्यवसायीलाई सहज हुने नै भयो, त्यसका साथै हामीलाई पनि व्यवस्थापन गर्न सहज हुने भएकाले अग्रिम टिकट बुकिङ गर्न आग्रह गर्दछौँ।’
अनलाइनबाट टिकट काट्न बससेवाको मोबाइल एप्लिकेसनबाट टिकट काट्न सकिनेछ। बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो। बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्। जसबाट १८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago