काठमाण्डौ । भारतका दिग्ग्ज सेयर लगानीकर्ता राकेश झुनझुनवालाको बजेट एयरलाइन्स ‘अकाशा एयर’ यो वर्षको अन्त्य वा आउँदो वर्षको सुरुआतबाट सञ्चालन आउने भएको छ। 

यो विमान कम्पनी सञ्चालनमा ल्याउन उड्डयन क्षेत्रका दिग्गज विनय दुबेले मद्दत गर्ने भएका छन्। दुबे जेट एयरवेजका पूर्वसीईओ हुन्।

आउँदो ४ वर्षमा ७० वटा एयरक्राफ्टका साथ ३.५ करोड डलर लगानी गरेर नयाँ विमान कम्पनीलाई मजबुत ढंगले सञ्चालन गर्ने राकेश झुनझुनवालाको योजना छ। आगामी २ साताभित्रै उनले नागरिक उड्डयन मन्त्रालयसँग नयाँ विमान कम्पनीका लागि नो अब्जेक्सन सर्टिफिकेट लिने तयारी गरेका छन्।

दुबेका अनुसार अकाश एयरको होल्डिङ कम्पनी एसएनबी एभियसन हुनेछ। एसएनबी एभियसनले विमान मन्त्रालयसँग अनापत्ति प्रमाणपत्रका लागि आवेदन दिएको छ। 

झुनझुनवाला अकाशा एयरमा लगभग भारु २६० करोड लगानी गर्नेछन्। कम्पनीमा उनको हिस्सेदारी लगभग ४० प्रतिशत हुनेछ। 

कम्पनीको बोर्डमा अन्य लगानीकर्ता पनि हुनेछन्। ‘मेरो साझेदारका रुपमा एयरलाइन्ससँग जोडिएका विश्वका केही उत्कृष्ट व्यक्तिहरु छन्’, झुनझुनवालाले भनेका छन्, ‘म भारतको विमान क्षेत्रबाट निकै आशावादी छु।’ 

भारतमा मध्यआय वर्गका धेरै मानिस अहिले यात्रा गर्न लो कस्ट एयरलाइन्समा रुचाउने गरेको झुनझुनवालाको तर्क छ। ‘यदि राम्रो सुविधा दिने हो भने ती मानिस एउटा नयाँ लोक कस्ट एयरलाइन्समा यात्रा गर्न मन पराउनेछन्’, उनले भने। – एजेन्सी