काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा चुक्तापुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँको १९ प्रतिशतले हुन आउने ४ करोड ८४ लाख ४१ हजार २६० रुपैयाँबराबरको बोनस सेयर रहेको छ। 

त्यस्तै आर्थिक वर्ष २०७७÷७८ मा साविक सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त आपसमा मर्जर प्रक्रिया सम्पन्न गरी नयाँ सारथी लघुवित्तको नाममा एकीकृत कारोबार प्रारम्भ भएको मिति २०७७ असोज ५ गतेपश्चात सेयर खरिद गरेका सेयरधनीहरुको हकमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) बमोजिम आयकर लाग्ने भएकोले उक्त करयोग्य बोनस सेयरको कर प्रयोजनार्थ चुक्तापुँजीको १ प्रतिशतले हुन आउने २५ लाख ४९ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव पनि संस्थाले गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।