काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६ करोड ४० लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.२२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाले ११ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थालाई ३६ करोड ९७ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले बढेर १८ करोड ८६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड ९६ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी २५ करोड ४९ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ९६ करोड रुपैयाँ सापटी लिई ४ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ७२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार ७४.६६ प्रतिशतले बढेर २९ करोड ५३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १६ करोड ९० लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले खराब कर्जा अनुपात (एनपीएल) घटाएर ३.७६ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष एनपीएल ४.१६ प्रतिशत थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३३.५१ रुपैयाँ, पीई रेसियो २९.२५ गुणा, प्रतिसेयर नेटवर्थ २१५.८३ र तरलता अनुपात ५.०४ प्रतिशत रहेको छ।