काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।
संस्थाको सञ्चालक समितिको शनिबार (चैत ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल जुगलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल २० प्रतिशतले हुन आउने ६ करोड ६ लाख ७९ हजार ५२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ४५ हजार ९९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३० लाख ३३ हजार ९५३ रुपैयाँ नगद लाभांश छन्।
सभाले सर्वसाधारणका लागि छुट्याइएको एफपीओ जारी गर्न तथा सो सम्बन्धमा सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। एफपीओ र बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभामा नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीच आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन छलफल गरी स्वीकृत हुनेछ। मर्जर प्रयोजनका लागि संयुक्त मर्जर समितिबाट निर्धारित सेयर आदान–प्रदान १ः१ लाई पारित गरी सभाले मर्जरलाई स्वीकृति प्रदान गर्नेछ।
नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीच मर्जर प्रयोजनका लागि भएका हालसम्म सम्झौतापत्र, मूल्यांकन प्रतिवेदनलगायतका सम्पूर्ण कार्य सभाले स्वीकृत गर्नेछ। मर्जरपछि बन्ने संस्थाको नाम ‘विजय लघुवित्त वित्तीय संस्था लिमिटेड’ राखिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
मर्जर प्रयोजनका लागि आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
3 minutes ago
14 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago