काठमाण्डौ । मारुती सुजुकीले एस–प्रेसोको नयाँ सीएनजी मोडल लन्च गरेको छ। भारतमा लन्च गरिएको एस–सीएनजी मोडल एलएक्सआई र भीएक्सआई गरी दुई भेरिएन्टमा उपलब्ध छ। 

भारतमा कारको सुरुआती मूल्य भारु ५.९० लाख तोकिएको छ। भीएक्सआई भेरिउन्टको मूल्य भारु ६.१० लाख रहेको छ। के–सिरिज १.० लिटरले पावर्ड यो कारले अधिकतम ५६बीएचपीसम्मको पावर जेनरेट गर्न सक्छ। 

एस–प्रेसोको पेट्रोल भेरियन्ट भारु ४.९५ लाखमा लन्च गरिएको थियो। जुन सीएनजी भेरिएन्टभन्दा भारु ९५ हजारले सस्तो हो। मारुती सुजुकीले कारको पेट्रोल भेरिएन्टका २.२६ लाख युनिट बिक्री भइसकेको जनाएको छ। 

एस–प्रेसोको सीएनजी मोडलले रेनोल्ट क्विड, मारुती सुजुकी अल्टो के१०जस्ता कारसँग प्रतिस्पर्धा गर्ने विश्वास गरिएको छ। तर, यीमध्ये कुनै पनि कारको सीएनजी मोडल भने सार्वजनिक भएको छैन।

कारले ३२.७३ केएमपीएल माइलेज दिनेछ। यसमा १.० लिटर डुअल जेट र डुअल भीभीटी पेट्रोल इन्जिन हुनेछ। गाडीको इन्जिनले ८२.१ एनएमसम्मको पिक टर्क जेनरेट गर्न सक्नेछ। 

मारुती सुजुकीले ग्राहकको सवारीको गुणस्तर र सुविधा बढाउनका लागि एस–प्रेसोको सीएनजी मोडल सार्वजनिक गरेको छ।

एस–प्रेसोको सीएनजी मोडलको उच्च गति १४८केएमपीएल रहेको छ। कारले ३२.७३ केएमपीएल माइलेज दिनेछ। यसको पेट्रोल भर्सनमा ग्राहकले २१.७ किलोमिटर प्रतिलिटर माइलेज पाउथे। यो गाडीमा ५ स्पिड गियर सिस्टमसहितको ५५ लिटर क्षमताको इन्धन ट्यांकी छ।

मारुती सुजुकीले यसअघि आफ्ना ९ कारको सीएनजी मोडल सार्वजनिक गरिसकेको छ। एस–प्रेसोको नयाँ मोडल कम्पनीको १०औँ सीएनजी मोडल हो। यसमा डुअल इन्टरडिपेन्डेन्ट इलेक्ट्रिक कन्ट्रोल युनिट (ईसीयू), इन्टेलिजेन्ट फ्युल इन्जेक्सन सिस्टम, स्टेनलेस स्टिल पाइप र सीएनजीका लागि डेभलप्ड इन्टिग्रेटेड वायरिङ हारनेस सिस्टम पाइनेछ। 

एस–सीएनजी माइक्रो स्विच पनि दिइएको छ। जसले इन्जिनलाई अन र अफ गर्न अनुमति दिन्छ। सीएनजी इन्धन भर्दा गाडीको इन्जिन पनि अटोमेटिक स्टार्ट हुँदैन। –एजेन्सी