काठमाणडै। नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा AIMA ले नेपालमा आफ्नो विभिन्न मोडेलका स्कुटरहरुमा बम्पर छुटको अवसर लिएर आएको छ।
हिमाल इभि मोटर्स प्रालिले यो बम्पर छुटको अभियानअन्तर्गत AIMA सँग ग्राहकले रु. १ लाख ८४ हजारको टिगर एस५ मोडेल खरिद गर्दा रु. २४ हजार र रु. ३ लाख ३० हजारको टिगर एक्स६११ मोडेल खरिद गर्दा रु. २५ हजार छुट प्राप्त गरी सो छुट मूल्य बचत गर्न सक्नेछन्। यी दुवै मोडेलहरुको छुटपछिको मूल्य क्रमशः रु. १ लाख ६० हजार र रु. ३ लाख ५ हजारमात्र पर्न जानेछ।
ग्राहकले AIMA को बम्पर नगदको छुटमात्र नभई हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सक्नेछन। यसका साथै चालु आर्थिक वर्षको करसमेत AIMA को बिक्रीकर्ताले नै भुक्तान गरिदिनेछ भने ईएमई फाइनान्सिङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको छ।
ग्राहकले हाल प्रयोग गरिरहेका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर AIMA को बिक्रेताको शोरुममा आई साटेर नयाँ AIMA स्कुटर खरिद गर्न सक्नेछन्।
यो बम्पर छुट र उपहार अभियान आज चैत १५ गतेदेखि २०८० वैशाख ३१ गतेसम्मका लागि मान्य हुनेछ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago