काठमाण्डौ । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरले भरिपूर्ण योजना ल्याएको छ। 

“पावर अफ फाइभ“ योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ। त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्डमार्फत रु. १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन्। 

खरिद गरेपश्चात पनि ३ जना भाग्यशाली विजेताहरुले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रुपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एअरपड्स जित्ने मौका पाउनेछन्। यो योजना आर१५, एमटी१५ र फासिनो मोडलबाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागू हुनेछ।

यामाहा नेपालले यो योजनाअन्तर्गत पाँचवटा अफर ल्याएको छ। पहिलो योजनाअन्तर्गत जोकोहीले पनि घरमै बसी–बसी yamahapowerof5.com मा गएर वा क्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन्। 

सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्। ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर रु. १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन्। 

बाइक वा स्कुटरको खरिदमा ग्राहकले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन्। जुन उनीहरुले आइफोन १४ वा एप्पल वाच वा एप्पल एअरपड्स जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई सेयर गर्न सक्नेछन्।

साप्ताहिक विजेताको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्रमार्फत गरिनेछ। यो अफर आर१५, एमटी१५ र फासिनोबाहेक सबै यामाहा बाइक र स्कुटरमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरुममा यो उपलब्ध हुनेछ। 

यामाहाको “पावर अफ फाइभ“ योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जोकोहीको लागि एक अद्वितीय र रोमाञ्चक अवसर रहेको कमपनीले जनाएको छ। खरिदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आईफोन, एअरपड्स र एप्पल घडीसहित पाँचवटा विभिन्न अफर रहने यो योजना ग्राहकलाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो। यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटर न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्नेछन्।