काठमाण्डौ । नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर अफर २०७५’ ल्याएको छ ।

२०७५ वैशाख १ गतेदेखि लागू हुने अफर वैशाख १५ गतेसम्म लागू हुने बताइएको छ । जीएसएम, सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा लिन सकिने ह्याप्पी विकेन्ड प्याकअन्तर्गत ग्राहकले शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जीबी डाटा प्याक एक सय रुपैयाँमा प्राप्त गर्नेछन् ।  उक्त डाटा प्याकको मान्य अवधि सात दिन रहेको छ।

अनलिमिटेड डाटा प्याकअन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा खरीद गरी राती १० बजेदेखि बिहान ६ बजेसम्म इन्टरनेट चलाउन पाइनेछ । एक दिनमात्र मान्य अवधि हुने यो प्याकमा १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्नेछ ।

एडीएसएल भोलुम बेस्ड प्याकेजमा ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइने टेलिकमले उल्लेख गरेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज २ सय रुपैयाँमा खरीद गरी १५ जीबी डाटा लिन सकिने छ । उक्त डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । 

यसैगरी एडीएसएल अनलिमीटेड प्याकेज नाम दिइएको अफरमा ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइने भएको हो । सात सय रुपैयाँमा खरीद गर्न सकिने अनलिमिटेड डाटा प्याक ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी,  ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिनसम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने छ ।

ग्राहकले स्टार १४१५  डायल गरी यी अफरको जानकारी लिन सक्नेछन् । कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।