काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज बुधबार थप नयाँ उचाइमा पुगेको छ।
यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्दै नयाँ उचाइमा पुगेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार ५०० रुैयाँ र तेजाबी गोल्ड ९८ हजार ६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च हो।
हिजो मंगलबार भाउ तोलामा ७०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७६० रुपैयाँ कायम भएको थियो। गत सोमबार तोलामा एकैदिन १ हजार २०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार ६० रुपैयाँ कायम भएको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८६० रुैयाँ कायम भएको थियो।
यो साता चार दिनमै सुनको भाउ २ हजार ७०० रुपैयाँले बढिसकेको छ। सुनको भाउ अझै बढ्ने व्यवसायीहरु बताउँछन्।
यसैबीच चाँदीको भाउ आज भने तोलामा २० रुपैयाँ घटेको छ। यो गिरावटसँगै चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो तालामै ३५ रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार २४५ रुपैयाँ कायम भएको थियो।
7 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago