काठमाण्डौ। नेपालमा अहिले धेरै ई–कमर्स कम्पनीहरु सञ्चालनमा छन्। केही आउने सञ्चालनमा क्रममा छन्। यसले नेपालमा ई–कमर्सको व्यापार बढ्दोछ भन्ने बुझिन्छ।

ई–कमर्सको प्रचलन बढ्दै जाँदा धेरैजसो अवस्थामा नेपाली ग्राहकको प्रतिक्रिया मिस्रित आउने गरेका छन्। अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लिकेट सामानहरु पाइएको तथा सामान समयमा डेलिभरी नभएकोजस्ता गुनासा प्रशस्त सुन्न पाइन्छ।

यिनै समस्यालाई चिर्दै नेपाली बजारमा ब्रान्डेड तथा ओरिजिनल सामानहरुमात्र बिक्री गर्ने गरी श्रृंगार डटकम नामक ई–कमर्स कम्पनी हालैमात्र नेपालमा सुरु भएको छ। 

श्रृंगार डटकमका व्यवस्थापक रवि दुवालका अनुसार श्रृंगार डटकममा केवल ब्रान्डेड कस्मेटिक्स, स्किन केयर तथा कपडाहरु खरिद गर्न सकिनेछ। 

यस कम्पनीमार्फत केवल ब्रान्डेड सामानहरुको बिक्री गर्ने बिक्रेताहरुले आफ्ना सामान बिक्री गर्न सक्नेछन्।  नेपाली युवा उद्यमीहरुले सञ्चालन गरेको यो ई–कमर्स कम्पनी गत वर्षको वैशाखदेखि परीक्षण सञ्चालन गरिरहेको छ।

यो कम्पनी वैशाखदेखि पूर्ण रुपमा सञ्चालनमा आउँदैछ।