काठमाण्डौ। निर्माणकार्य गर्नुअघि सम्पूर्ण ग्राहकलाई सिमेन्टको प्रयोग पूर्ववैज्ञानिक तबरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले केही महिनाअघि ल्याएको थियो, ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना। यही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष २०७८ को शुभ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकलाई सानो भेटस्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ।
कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ।
योजनाको लाभ उठाउन ग्राहकले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)÷९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन्। साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ। अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नुपर्नेछ।
यो योजना प्रथम १ हजार उपभोक्तालाई मात्र लागू हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago