काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ काठमाण्डौको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले नयाँ बानेश्वरमा ४१ औँ र चुच्चेपाटीमा ४२ औँ शाखा सञ्चालनमा ल्याएको हो।
नयाँ शाखाहरुको कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले उद्घाटन गरेका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको उपस्थितिमा शाखा कार्यालयहरु उद्घाटन गरिएको थियो।
यीसँगै कम्पनीको शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ। निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाका लागि सम्भाव्यताका आधारमा काठमाण्डौ उपत्यकाभित्र थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने कम्पनीको लक्ष्य रहेको छ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादीसहित २३ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ। २०७८ असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको छ।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago