काठमाण्डौ । भारतको सेयर बजारमा नयाँ उचाइमा पुगेको छ।

साताको पहिलो कारोबार दिन सोमबार भारतको सेयर बजारमा नयाँ उचाइमा पुगेर बन्द भएको हो। पहिलोपटक सेन्सेक्स ५६८९० को विन्दुमा र निफ्टी १६९३१ को विन्दुमा पुगेको छ। सेन्सेक्स आज ७६५ अंकले र निफ्टी २२६ अंकले उकालो लागेको छ। बजार खुल्दा सेन्सेक्स ५६३२९ को विन्दुमा र निफ्टी १६७७५ को विन्दुमा रहेको थियो। 

भारतको सेयर बजार उकालो लाग्नुमा विश्लेषणकहरु थुप्रै कारणहरु प्रस्तुत गरेका छन्। विदेशी निवेश बढेर भारु १.२८ लाख करोड पुग्नु, डलरको तुलनामा भारु मजबुत हुनु, खोप सहज उपलब्धताका कारण लगानीकर्तामा कोरोना डर खतम हुनुलगायत कारणले बजार सकारात्मक बनेको उनीहरुको ठहर छ। 

भारतीय बजारमा आज बेजोड खरिदबिक्री भएको छ। सेन्सेक्समा रहेका ३० मध्ये २६ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ४ कम्पनीको सेयरभाउ ओरालो लागेको छ। 

आज भारतीय एयरटेलका सेयरमा उछाल आएको छ। यसको सेयरमा ५.१९ प्रतिशतको बढोत्तरी भएको छ। 

यसैगरी एक्सिस बैंकको सेयरभाउ पनि ४ प्रतिशतले बढेको छ। उता नेस्ले इन्डियाको सेयरभाउ भने १.१० प्रतिशतले ओरालो लागेको छ। 

यसैगरी बीएसईमा ३ हजार ४९७ कम्पनीका सेयरहरुको कारोबार भएको छ। जसमा २ हजार २१५ कम्पनीको सेयरभाउ उकालो लागेको छ भने १ हजार ९६ कम्पनीको सेयरभाउ ओरालो लागेको छ। 

बीएसईमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरण पहिलोपटक भारु २४७.३४ लाख करोड रुपैयाँ माथि पुगेको छ। 

यसैगरी अटो र मेटल कम्पनीहरुका सेयरमा पनि जोडतोडले कारोबार भएका छन्। एनएसईमा मेटल इन्डेक्स १.६ प्रतिशत र अटो इन्डेक्स १.४८ प्रतिशतले उकालो लागेको छ। – एजेन्सी