काठमाण्डौ । कार निर्माता कम्पनी टोयोटा मोटर्सले लामो समयको पर्खाइपछि आफ्नो धान्सु एमपीभी अवान्जाको नेक्स्ट जेनरेसन मोडल अल न्यु टोयोटा अवान्जाबाट पर्दा उठाएको छ।
थर्ड जेनरेसन टोयोटा अवान्जामा पहिलेको तुलनामा निकै स्पार्टीका साथै इन्टिरियर र मेकेनिक्समा पनि थुप्रै परिवर्तन गरिएको छ। जसका कारण यो एमपीभी अझै शानदार देखिएको छ।
नयाँ अवान्जाले सेकेन्ड जेनरेसन अवान्जालाई रिप्लेस गर्नेछ।
यो नयाँ अवान्जाको लन्च इन्डोनेसियामा गरिएको छ। यो एमपीभीको फ्रन्ट ह्विल ड्राइभ मोडलको छ। यसमा १एनआर–भीई १.३ लिटर नेचरल एस्पिरेटेड डीओएचसी ४ सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ। जुन डुअल भीभीटी–आईबाट सुसज्ज्ति छ। यो इन्जिनले ९८पीएससम्मको पावर र १२१एनएम टार्क जेनरेट गर्न सक्छ।
यो एमपीभी २एनआर–भीई १.५ लिटर पेट्रोल इन्जिन अप्सनमा पनि आएको छ। जसले १०६पीएससम्मको पावर र १३७एनएम टार्क जेनरेट गर्न सक्छ।
यो कार ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक ट्रान्समिसन अप्सनमा ल्याइएको छ।
नयाँ टोयोटा अवान्जाको लुक, डिजाइ र फिचरहरु निकै दमदार रहेको छ। यसमा स्ल्याट ग्रिल, स्लिक एलईडी हेडल्याम्प, एंगुलर फग ल्याम्प, स्लिम टेललाइट्स जडान गरिएका छन्।
नयाँ अवान्जाको इन्टिरियर पनि धेरै फरक छ। यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल कन्ट्रोल भएको एसी, ४.२ इन्चको फुल टीएफटी एमआईडीका साथै टोयोटा सेफ्टी सेन्स पनि रहेको छ।
फ्रन्ट डिपाचर अलर्ट, ६ एयरब्याग्स, ब्लाइन्ड स्पट मोनिटरिङ, ईबीडीका साथै एबीएस, हिल स्टार्ट असिस्ट र भेइकल स्ट्याबिलिटी कन्ट्रोलजस्ता थुप्रै स्ट्यान्डर्ड र सेफ्टी फिचरहरु रहेका छन्। – एजेन्सी
3 minutes ago
36 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago