काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा अचम्मको कपडा मोह छ । उनी आफ्नो लुक्समा विशेष ध्यान दिन्छन् भन्ने कुरा मिडियाहरुमा देखिने उनका फोटोहरुले समेत प्रष्ट पार्छ । कपडामा निकै चुजी नरेन्द्र मोदी दिनमा कतिपटक कपडा फेर्छन् होला ? उनी कति महंगा कपडा लगाउँछन् होला ? मोदीको कपडा क्रेजको विषयमा भारतीय र उनीप्रति चासो राख्ने अन्य देशका सर्वसाधारणहरुमा रहेका यस्ता जिज्ञासा मेटाउने क्रममा केही रमाइला र आश्चर्यलाग्दा तथ्य बाहिर आएका छन् । तथ्य ल्याउने काम गरेका छन् मोदीका धुरन्धर विरोधी, आम आद्मी पार्टी(आप)का नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले । 

केजरीवालको दाबीलाई मान्ने हो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दैनिक १६ लाख रुपैयाँ बराबरको कपडा लगाउँछन् । उनले एकदिनमा ५ पटक कपडा फेर्ने गरेका समेत उनले दाबी गरेका छन् । ‘मोदीले कपडामा गरेको राज्यकोषको फजूल खर्च आप सरकारको वार्षिक विज्ञापन खर्च भन्दा पनि बढी छ ।’ मोदीले कपडामा राज्यको करोडौं रुपैयाँ उडाएका टिप्पणी गर्दै केजरीवालले भनेका छन्–‘गएको २ वर्षमा मात्रै मोदीले १ अर्ब १२ करोड रुपैयाँ आफ्नो अचम्मको कपडा सौख पूरा गर्न खर्चिसकेका छन् ।’ 

गएको २ वर्षमा मात्रै मोदीले १ अर्ब १२ करोड रुपैयाँ आफ्नो अचम्मको कपडा सौख पूरा गर्न खर्चिसकेका छन् ।

केजरीवालले भारतीय मिडियाहरुसँग मोदीले एकपटक लगाउने कपडा ३ लाख २० हजार भन्दा बढी मूल्यको हुने दाबी गरेका छन् । उनका अनुसार मोदी दैनिक ५ पटक कपडा चेञ्ज गर्छन, यो हिसाबले उनले एकदिनमा १६ लाख भन्दा बढी मूल्यको कपडा लगाउँछन् । मोदीले एकपटक लगाएको लुगा फेरि दोहोर्याएर नलगाउने गरेका समेत उनले दाबी गरेका छन् । 

उनले आफ्नो दाबी गलत भएमा गुगलमा गएर मोदीको कपडातिर ध्यान दिन र त्यहाँ कुनै पनि कपडा दोहोर्याएर उनले लगाएको नपाइने जिकिर समेत गरेका छन् । उनले मोदीले कपडाको नाममा गरेको राज्यकोषको फजूल दोहनको बिषयमा छानबिन हुनुपर्ने माग पनि गरेका छन् । 
एजेन्सीको सहयोगमा

नरेन्द्र मोदीको कपडा क्रेज पुष्टि गर्ने ९ फोटो तल राखिएको छ, हरेकमा डबल क्लिक गर्नुहोला ।