काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आईभीएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।
निःसन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो।
नर्भिक हस्पिटलकी वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ।
आगामी चैत ४ गते शनिबार बिहान १० देखि २ बजेसम्म नर्भिक आईभीएफ सेन्टरमा सञ्चालन हुने निःशुल्क ओपीडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए।
उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाइ छ।
निःशुल्क ओपीडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउनसमेत सक्ने अस्पतालले जनाएको छ। अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ।
नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी बृहत जनचेतनामूलक कार्यक्रमसमेत गरेको थियो। आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रमसमेत आयोजना हुँदैछ। सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर निःशुल्क जाँचको सुविधासमेत पाउनेछन्।
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago