काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार ‘दराज’ ले यही चैत २९ गतेदेखि नववर्षको भव्य सेल– ‘दराज नववर्ष २०७८’ सुरु हुने घोषणा गरेको छ। 

नयाँ वर्षका अवसरलाई लिएर दराजले आफ्ना ग्राहकलाई आश्चर्यजनक डिल, रमाइलो अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको छ। 

‘दराज नववर्ष २०७८’ का प्रमुख आकर्षणमध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ। जसमा ग्राहकले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा १ हजार रुपैयाँदेखि १ हजार ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन्। डेबिट कार्डधारकहरूले १ हजार रुपैयाँसम्मको थप छुट पाउनेछन् र क्रेडिट कार्डधारकहरूले १ हजार ५०० रुपैयाँसम्मको थप छुट पाउनेछन्। 

पेमेन्ट पार्टनरहरु नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक रहेका छन्। 

यसका साथै ग्राहकले आफ्नो ई–सेवा वालेटका माध्यमबाट भुक्तानी गरे सीमित घन्टाका लागि ५०० रुपैयाँसम्मको विशेष छुट पाउन सक्छन्। यतिमात्र नभई ग्राहक खेल १ रुपैयाँको एड टु कार्ट, मिसन नववर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्नेछन्।

दराज नव वर्ष २०७८ का लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ ले भने, ‘गएको एक वर्ष महामारीका कारणले समय निकै नै कठिन थियो। तर हामी विश्वस्त छौँ कि नयाँ वर्ष २०७८ हामी सबैका लागि राम्रो समय रहनेछ। हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौँ। हजारौँ बिक्रेता र ब्रान्ड पार्टनरहरूका साथ हामी विभिन्न नयाँ उत्पाद, आश्चर्यजनक डिल, रमाइलो अफर र अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौं। मलाई आशा छ कि यस अभियानले हाम्रा सबै ग्राहकका लागि उत्तम अवसरका रूपमा काम गर्नेछ र उहाँहरुको सबै किनमेल आवश्यकता पूरा गर्नेछ।’

ग्राहक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदैछ। यसैगरी ग्राहकलाई समान खरिद गर्नुअघि सधैँ उत्पादनको र बिक्रेताको रेटिङ र रिभ्यु जाँच गर्न कम्पनीले सल्लाह दिएको छ।