काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ स्थापना गरेको छ। 

राष्ट्र बैंकको गत माघ १३ गतेको निर्णयानुसार यो विभाग स्थापना गरिएको हो। यो विभाग फागुन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

राष्ट्र बैंकहरुका अनुसार विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु र हाय पर्चेज कारोबार गर्ने कम्पनीहरुको निरीक्षण, सुपरिवेक्षण र अनगुमनलगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन यो विभागले गर्ने छ। 

यसैगरी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट लिमिटेड (एचआईडीसीएल) र राष्ट्रिय सहकारी बैंक लिमिटेडको निरीक्षण, सुपरिवेक्षण र अनगुमनलगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन पनि यही विभागले गर्ने राष्ट्र बैंकले जनाएको छ।