काठमाण्डौ । बैंकिङ उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको र अधिकांश सूचकका आधारमा समेत सबैभन्दा बलियो देखिएको नवील बैंक लिमीटेडले शुक्रबार यूनाइटेड फाइनान्सलाई प्राप्ति सम्बन्धी सम्झौता गरेको छ । 

फाइनान्सलाई प्राप्ति गर्ने सम्झौतापछि नवील बैंकलाई प्राप्ति गर्ने चर्चामा रहेका नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकतर्फ लगानीकर्ताको ध्यान मोडिएको छ । नवीलले सकेसम्म र मिलेसम्म यी दुवै बैंकलाई किन्न खोजिरहेको छ । दुवै बैंकसँग हालसम्म भएका छलफल सकारात्मक छन् । मिल्न बाँकी केही सानातिना विषय चाँडै निश्कर्षमा पुगेपछि भरसक दुवै बैंकलाई प्राप्ति गर्ने नवीलको दाउ छ । 

यी दुवै बैंक नवीलसँग बिलय हुन समेत तयार देखिएका छन् । उनीहरुले चाहेजस्तो सेयर स्वाप रेसियो(भाउ) पाए निकै चाँडै यी दुई बैंकसँग एकपछि अर्को गर्दै प्राप्तिको सम्झौता हुने प्रवल संभावना देखिएको छ । 

दुवै बैंकले नवीलसँग ४० रुपैयाँसम्म मूल्य आफूहरुले पाउनुपर्ने हालसम्म मर्जरका लागि भएका छलफलमा माग राखेका स्रोतहरुले बताएका छन् ।

यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँ मूल्यमा नवीलले उठाउने सम्झौता गरिसकेका कारण यी दुई बैंकले समेत मूल्यमा केही बार्गेन गर्नसक्ने देखिएको छ । एनसीसी बैंकका संचालक अन्तिम अवस्थामा रु. ३८ सम्म मूल्य पाए नवीलमा बिलय हुने पक्षमा देखिएका छन् भने एनबी बैंक भने रु. ४० रुपैयाँ मूल्य हुनुपर्ने अडानसहित प्रस्तुत भएको छ । 

एनबी बैंकले आफ्नो तेश्रो त्रैमासको वित्तीय विवरणलाई समेत देखाएर आफूहरुको प्रतिसेयर आम्दानी  २५ रुपैयाँ हाराहारीमा रहेको भन्दै मूल्य राम्रो पाउनुपर्ने उसको तर्क छ । एनसीसी बैंकको प्रतिसेयर आम्दानी १४.२३ रुपैयाँमा सीमित भएका कारण समेत एनबी बैंकका संचालक एनसीसीभन्दा आफ्नो बैंक बलियो रहेको भन्दै उसको भन्दा थोरै भए पनि बढी मूल्य पाउनुपर्ने अडानमा देखिएका छन् । 

सेयर बजारमा लगानी गर्न चाहने र धेरैको ध्यान केन्द्रीत रहेका यिनै दुई बैंकको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा कुन बैंकको मुख्य सूचक कस्तो छ भन्ने कुरा यहाँ तुलना गर्न खोजिएको छ।

दुई बैंकको तुलनात्मक अध्ययनका लागि टेबल हेर्नुहोस्: