काठमाण्डौ । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक-ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम(टिएससीएफपी)द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । 

सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको टिएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ । 

एशियाली विकास बैंक-ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टिएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो  । 

सन् १९८४ देखि ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत वित्तीय सेवा दिंदै आएको छ ।