काठमाण्डौ । नवील बैंक लिमीटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । यो क्रममा ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ । 

चैत १८ गते एक कार्यक्रमका बीच ऋणपत्र निश्कासनमा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको हो । 

सम्झौतामा नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरे । 

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिनेछ ।

सातवर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक दशप्रतिशतका दरले ब्याज पाइनेछ भने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बताइएको छ ।