काठमाण्डौ । बैंकिङ उद्योगको जाइन्ट बैंक नवील बैंक लिमीटेडले समेत संसोधित ब्याजदर सार्वजनिक गरेको छ । 

नवील बैंकले बुधबार अबेर राति आफ्नो वेबसाइटमार्फत संसोधित ब्याजदर सार्वजनिक गरेको हो । 

संसोधित ब्याजदरअनुसार नवील बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । 

क्युमिलेटिभ फिक्स्ड डिपोजिट(एक वर्षे)को ब्याजदर भने ८.५१ प्रतिशत कायम गरिएको छ । 

संस्थागत मुद्दति निक्षेपतर्फ नयाँ र नवीकरणको समेत गरी नवील बैंकले समान ८.३६ प्रतिशत ब्याजदर तोकेको छ । 

नवील बैंकको बचत खाताको अधिकतम ब्याजदर ६.३६ प्रतिशत कायम भएको छ । 

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले समेत बुधबार अबेर राति नै संसोधित ब्याजदर वेबसाइटमार्फत सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार एनसीसी बैंकले ३ महिनादेखि १८ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत कायम गरेको छ । 

संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम गरिएको छ भने बचतमा अधिकतम ब्याजदर ५.५० प्रतिशत तोकिएको छ ।