काठमाण्डौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ । 

यस अफरअन्तर्गत नबिल बैंकले नवील आइकार्ड र नवील क्रेडिट कार्ड(नेरु)को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त छुट अफर २०७८ बैशाख महिनाभरि रहने बताइएको छ । बैंकले नजिकको शाखामा गई ग्राहकले नवील आइकार्ड र नवील क्रेडिट कार्ड जारी गरी अफरको लाभ उठाउन आग्रह गरेको छ । 

सन् १९८४ देखि समायनुकुल सेवा प्रदान गर्दै आएको नवील बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन् । यो बैंक सेयर बजारको ब्लुचिप कम्पनी पनि हो ।