काठमाण्डौ । जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागि रु १ लाख ५० हजार सहयोग प्रदान गरिएको छ । 

बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिम्खडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे ।

ईचाँगुनारायण जग्गा एकीकरण आयोजनाभित्र करिब १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिब २०० जनाक्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणका लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखारहित बैकिङ १०८ एटिएम ३ एक्सटेन्सन काउण्टर र १ सीमित बैकिङ इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।