काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार नागरिक लगानी कोषको लाभांश वितरण गर्न सेयरमूल्य समयोजन गरेको छ ।

नागरिक लगानी कोषले अघिल्लो आर्थिक वर्ष २०७४/७५ का लागि आफ्ना सेयरधनीहरुलाई २३.१६% लाभांश वितरण गर्न बुक क्लोज गरेसँगै नेप्सेले कोषको सेयरमूल्य समायोजन प्रतिकित्ता १ हजार ८८२.७९ रुपैयाँ काम गरेको छ ।

कोषले लाभांश वितरण गर्न बिहीबार बुकक्लोज गरेको छ । यसको अर्थ भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । त्यसैगरी समायोजित मूल्यमा बिहीबारदेखि कोषको शेयर कारोबार खुलेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ काको मुनाफाबाट शेयरधनीलाई २२% बोनस शेयर र कर प्रयोजनार्थ १.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कोषले यही भदौ ३० गते साधारणसभा डाकेको छ ।