– भक्तराज रसाइली
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेड कुनै पनि बेला बजारमा धमाकेदार प्रवेश गर्ने तरखरमा रहेको छ।
कम्पनीका सीईओ महेश्वरलाल श्रेष्ठले सेयर बजार निकै संवेदनशील क्षेत्र भएकाले निश्चित तोकेर बजार प्रवेश नगर्ने बताए। ‘हामी आन्तरिक रुपमा तयार गरेर बजारको परिदृश्य हेरेर कुनै पनि दिनमा हामी इन्ट्री गर्नका लागि तयारी छौँ’, श्रेष्ठले बिजशालासँग भने, ‘हामीले हेरिरहेका छौँ तर मानसिक रुपमा तयार भएर बसेका छौँ।’
कम्पनीले आज नै एक सूचना जारी गर्दै सेयर ब्रोकर यही आर्थिक वर्षका लागि ब्रोकरेज सेवा प्रदान गर्ने प्रयोजनार्थ धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) दर्ता हुन आग्रह गरेको छ। यो सूचनाले बजारवृत्तमा समेत निकै हलचल मच्चायो। कारण– स्टक डिलर आफैँले सेयर किनबेच गर्न आफ्नै विन्डो पाउने व्यवस्था भए पनि ब्रोकरको आवश्यकता किन पर्यो ?
यस विषयमा सीईओ श्रेष्ठले नेप्सेले बनाएको स्टक डिलरको कार्यविधिमा भएका मापदण्डअनुसार नै सेयर किनबेच स्वयं गर्ने भए पनि यसका अलावा अन्य लगानीकर्ताझैँ साधारण तवरले सेयर किनबेच गर्न ब्रोकरेज सेवा आवश्यक रहेको बताए। नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये नेप्सेले तोकेको योग्य औजारहरुबाहेक पनि कम्पनीको रणनीतिअनुसार डिलरको कार्यविधिमा उल्लेखबाहेक अन्य औजारमा पनि लगानी गर्ने उद्देश्यले ब्रोकरेज सेवाको खोजी गरेको उनले स्पष्ट पारे।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago