काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले सीआईटीलाई आज बिहीबार हकप्रद निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब सीआईटीले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ।
सीआईटीले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ। रु. १०० अंकित दरका कुल १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सीआईटीले निष्कासन गर्नेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago