काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले निष्कासन गर्ने भनेको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ।

कोष सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले यही पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस पुस १३ गतेसम्म कायम सेयरधनीहरु कोषले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डले कोषलाई गत बिहीबार हकप्रद निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब सीआईटीले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ।

सीआईटीले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ। रु. १०० अंकित दरका कुल १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सीआईटीले निष्कासन गर्नेछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।