काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट नागरिक स्टक डिलर कम्पनीले आज शुक्रबार धितोपत्र व्यापारीको काम गर्ने अनुमति पाएको छ।
बोर्डले पुँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न र पुँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरको उदय भएको हो। संस्थागत लगानीकर्ताको अभाव खट्किरहेको नेपाली पुँजीबजारमा स्टक डिलरको प्रवेशसँगै पुँजीबजारमा स्थायित्व तथा गतिशीलता आई बजारको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यसै सेरोफेरोमा बिजशालाकर्मी भक्तराज रसाइलीले नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठसँग कुराकानी गरेका छन्।
आज स्टक डिलरको लाइसेन्स पाउनु भयो, सर्वप्रथम धेरै बधाइ तथा शुभकामना। कस्तो अनुभूति भइरहेको छ ?
हार्दिक धन्यवाद। हामी खुसी पनि भएका छौँ। हामी नियामक धितोपत्र बोर्डप्रति धेरै आभारी र कृतज्ञ छौँ। हामी स्टक डिलरका रुपमा काम गरेर केही रिजल्ट देखाउने प्रयत्नमा छौँ। हामीमाथि जुन जिम्मेवारी दिइएको छ, जसलाई हामी समग्र पुँजीबजारको विकास र विस्तारमा योगदान रहने गरी काम गर्नेछौँ।
अनौपचारिक रुपमा यसअघि नै बजार प्रवेश गरिसक्नुभएको छ। अब त लाइसेन्स पनि पाउनुभयो, कसरी अगाडि बढ्दै हुुनुहुन्छ ?
डिलरको आफ्नै रणनीति हुन्छ। नेप्सेद्वारा बनाइएको कार्यविधिअनुरुप नै विभिन्न सूचीकृत कम्पनीहरुको विश्लेषण गर्दैै आफ्नो विन्डोबाट सेयर किनबेच गर्छौं।
डिलरले तत्काल कति लगानी गर्दैछ ?
यति नै भन्ने छैन। रिसोर्सलाई विभिन्न कुराहरुमा धयान दिनुपर्ने हुन्छ। रिटर्न, सेक्युरिटी, जोखिम, तरलताका आधारमा र हाम्रो आफ्नै पोलिसी अनि बोर्डको गाइडलाइन र पोलिसीअनुसार विश्लेषण गरी लगानी बढाउँछौँ। हामी आफ्नो रिसोर्सबाहेक अरु फन्डिङहरु पनि उठाएर लगानी गर्छौं तर अहिले नै यत्ति भन्ने हुँदैन। यद्यपि हामी जेन्यून इन्भेस्टरले झैँ लगानी गछौँ।
लाइसेन्स पाएपछि अब तपाइँको तत्काल कार्ययोजना के छ ?
कार्ययोजना हामीले यसअघि नै आफ्नै किसिमले बनाइसकेका छौँ। हाम्रो लगानी अल्पकालीन हुँदैनन्, दीर्घकालीन नै हुने हो। हामीसँग उपलब्ध रिसोर्स, उठाउन सकिने फन्ड, कस्ता–कस्ता नयाँ प्रडक्ट ल्याउन सकिन्छ र मार्केटलाई कसरी अध्ययन गर्नेजस्ता कार्ययोजनाको प्राथमिकतामा परेका विषय हुन्।
स्टक डिलरसँग भएको रिसोर्सको बाँडफाँड चाहिँ कसरी गर्नुहुन्छ,खास कार्ययोजना केही छ ?
अवश्य पनि कार्ययोजना हुन्छ। हामीसँग उपलब्ध रिसोर्समध्ये ट्रेडिङ, मध्यकालीन तथा दीर्घकालीन रणनीतिहरु निहीत छन्। हामीले आफ्नै पोलिसीअनुसार नै टार्गेट निर्धारण गरी गतिविधिउपर विशेष रणनीति छ।
7 hours ago
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
14 hours ago