काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कोष सञ्चालक समितिको गत जेठ २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँ बानेश्वरस्थित कोषको केन्द्रीय कार्यालयमा अपराह्न २ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १७.८९४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९ प्रतिशत बोनस सेयर र बाँकी ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनाले कोषले आउँदो असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कोषद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुन असार ७ गतेसम्म सेयरधनी कायम हुनुपर्ने छ।