काठमाण्डौ। नागरिक लगानी कोषका अध्यक्ष प्राडा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई कोषले बिदाइ गरेको छ। 

कोषका अध्यक्ष प्राडा भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो। उमेर हदका कारण अर्थ मन्त्रालयको कात्तिक २८ को पत्रअनुसार प्राडा भट्टराईको पदावधि समाप्त भएको हो। 

बिदाइ कार्यक्रममा प्राडा भट्टराईले बोर्ड र कार्यकारी निर्देशकवीचको लिंकेजलाई निरन्तरता दिनुपर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै विषयहरु सिक्न पाएको बताए। 

त्यसैगरी सञ्चालक साउदले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि सबै सञ्चालकलाई धन्यवाद दिए।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र सञ्चालकबाट प्राप्त सहयोगको सरहाना गरे। उनले संस्थाको कार्यलाई विधिसम्मत तरिकाले अघि बढाउँदै लाने प्रतिबद्धता व्यक्त गरे।