काठमाडौ। नागरिक बचतपत्रमा अब अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
केन्द्रीय बैंकका अनुसार नागरिक बचतपत्र मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकोर बिक्री खुला गरिन्छ। लगानीकर्ताले सोही अवधिभित्र खरिदका लागि आवेदन दिनुपर्नेछ।
नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन्। लगानीकर्ताले नागरिक बचतपत्र खरिद गर्नका लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोजिमको स्वघोषणा फारम भरी वा राष्ट्र बैंकको वेबसाइटअन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत पेस गर्न सक्नेछन्। फाराममा खरिद गर्न चाहेको रकम अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र भने न्यूनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजारले निःशेष भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ।
नागरिक बचतपत्र दुई वा दुईभन्दा बढी व्यक्तिको संयुक्त नाममा पनि खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ। नाबालकको नाममा खरिद गर्नुपरे संरक्षक रही खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago