काठमाण्डौ। नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ।
कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५ प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको ब्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ।
त्यसैगरी साउन १ देखि लागू हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७.५ प्रतिशत र नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय गरेको छ।
कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७.५ प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ। कोषले बीमा कार्यक्रमअन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम सञ्चालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दै आएको छ।
राष्ट्र सेवक कर्मचारीहरुबाट आगमी वर्षका लागि आवश्यक पर्ने वीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय बीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ।
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago