काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म सीआईटीले ८८ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा सीआईटीको नाफा १४.२९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष सीआईटीले ७७ करोड ६८ लाख नाफा आर्जन गरेको थियो।
सीआईटीको ब्याज आम्दानी पनि ३७.७९ प्रतिशतले बढेर २२ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। सेवा शुल्क तथा कमिसनबापतको आम्दानी १ अर्ब १४ करोड रुपैयाँबाट बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
सेयरपुँजी ३ अर्ब २७ करोड रुपैयाँ रहेको सीआईटीको जगेडा कोषको आकार २४ अर्ब ७३ करोड रुपैयाँबाट बढेर २९ अर्ब ८७ करोड रुपैयाँको उचाइमा पुगेको छ।
सीआईटीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २७.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३८.६५ रुपैयाँ रहेको छ।
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago