काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर कम्पनीेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको जनाएको छ। ‘सिम्रिक एयरका अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अटिड नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाइएको छ’, सूचनामा उल्लेख छ।
अब अर्को सूचना जारी नभएसम्म सिम्रिकका सबै उडानमा प्रतिबन्ध कायम रहने प्राधिकरणले स्पष्ट पारेको छ।
शुक्रबार माथिल्लो अरुणको सामान पुर्याएर फर्किदा सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा हेलिकप्टरमा सवार स्थानीय भविन गुरुङको मृत्यु भएको थियो। क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए। उनीहरुको उपचार भइरहेको छ।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago