बुटवल । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा आज लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरुका लागि कर, भन्सार तथा भीसीटीएस तालिम सम्पन्न भएको छ। 

तालिममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागिता थियो। तालिमको उद्घाटनमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देशभर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागिपरेको धारणा राखे। उनले सबै क्षेत्रका व्यवसायीको ब्यवसायीक कार्यक्षमता विकास आवश्यक रहेको बताउनु बताए। 

तालिममा भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र ब्यवसायीहरुले भन्सारमा अपनाउनुपर्ने विषयमा प्रकाश पारे। उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए। 

भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिए। उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए। 

कार्यक्रमका प्रमुख प्रशिक्षकका रुपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए।