काठमाण्डौ । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

नाडाको इतिहासमै पहिलोपटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अटो व्यवसायी लगायत सर्वसाधारण सहभागी भएका थिए । 

राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोको अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम आउने बर्षहरुमा पनि जारी राख्ने रक्तदान कार्यक्रमका संयोजक तथा नाडा सदस्य प्रकाश पुरीले जानकारी दिए । 

नाडाका महासचिब कृष्णप्रसाद दुलालले कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीमा  भइरहेको रगत अभाबलाई ध्यान दिंदै ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको बताए । 

सो अवसरमा १३९ पटक रगत दान गरेर सबै भन्दा धेरै पटक ब्लड डोनेट गर्ने महिलाको किर्तीमान कायम गर्ने नीता घिरैयाले पनि रगत दान गरेकी थिइन ।