काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको नाडा ईभी एक्सपो–२०२२ का लागि आज भदौ १ गतेबाट स्टल बुकिङ खुला गरिएको छ। 

एक्सपो आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ। उक्त एक्सपोका लागि भदौ ५ गतेसम्मका लागि स्टल बुकिङ गर्न सकिने नाडा ईभी एक्सपो–२०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए। 

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरे।