काठमाण्डौ । नेपालमा पहिलोपटक नाडाले आयोजना गर्न लागेको नाडा ईभी एक्सपो–२०२२ को तयारी तीव्रगतिमा अगाडि बढिरहेको छ।
चारपांग्रे, तीनपांग्रे र दुईपांग्रे विद्युतीय सवारीसाधनको उल्लेख्य सहभागिता रहने भएको छ।
यसैगरी प्रदर्शनीमा अटोकम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्युपमेन्टस, चार्जिङ स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुसमेत गरी कुल ४५ भन्दा बढी कम्पनीको सहभागिता हुने भएको छ।
काठमाण्डौको भृकुटीमण्डपमा मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने प्रदर्शनमा सहभागी हुने कम्पनीहरुका लागि लक्की ड्र कार्यक्रम आज टेकुस्थित आफ्नै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए।
लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य प्रदीपमान प्रधानसमेतको उपस्थिति थियो।
17 minutes ago
27 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago