काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

संस्थाले समीक्षा अवधिमा २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५५.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५७.७२ प्रतिशतले घटेर २ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ६ करोड ९४ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खुद ब्याज आम्दानी भने ४१.७७ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड ६९ लाख रुपैयाँमा सीमित थियो। 

दोस्रो त्रैमाससम्म संस्थाले २ अर्ब ३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ६४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई ४ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार ३५ प्रतिशतले बढाएर ३८ करोड ८२ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २८ करोड ७५ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खराब कर्जा (एनपीएल) बढेर ६.२० प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा एनपीएल ४.४२ प्रतिशत थियो।

संस्थाको वार्षिकीकरण प्रतिसेयर सेयर आम्दानी (ईपीएस) ९.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९५.९० रुपैयाँ रहेको छ।