काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा ४९.९८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ३७ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५१.२० प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १७ करोड ७८ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १९.१४ प्रतिशतले घटेर २९ करोड १७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३६ करोड ७ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा २ अर्ब १२ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको आकार ३.४ प्रतिशतले बढेर ३३ करोड ७९ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ३२ करोड ६८ लाख रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमासमा संस्थाले खराब कर्जा अनुपातमा सुधार गर्दै ४.९२ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ५.७४ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.५७ र तरलता अनुपात ८.३५ प्रतिशत रहेको छ।
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago