काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नारायणी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सेयरमूल्य बुधबार समायोजन गरेको छ।
नेप्सेले हकप्रदका लागि नारायणीको र बोनस सेयरका लागि ज्योतिको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब नारायणीको प्रतिकित्ता ४६५ रुपैयाँ कायम भएको छ। यसअघि यो बैंकको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ८२९ रुपैयाँ कायम भएको थियो।
यो बैंकले आउँदो माघ १३ गतेबाट सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ।
यसैगरी समायोजित मूल्यअनुसार अब ज्योतिको पनि प्रतिकित्ता २१९ रुपैयाँ कायम भएको छ। यसको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता २४१ रुपैयाँ कायम भएको थियो।
ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। ज्योतिको आउँदो माघ १४ गते हुने १३ औँ वार्षिक साधारणसभा प्रस्तावित बोनस सेयर अनुमोदन गर्नेछ।
नारायणीले हकप्रदका लागि आज (पुस २९ गते) एक दिनका लागि र ज्योतिले बोनस तथा सभा प्रयोजनाका लागि आज (पुस २९ गते) बाट माघ १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस २८ गतेसम्म कायम सेयरधनीहरुमात्र नारायणीको हकप्रद तथा ज्योतिको बोनस र सभामा भाग लिन योग्य हुनेछन्।
16 minutes ago
39 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago